सुनचाँदीको मूल्य आज फेरि घट्यो, कति छ आज ?

८ भदौ, काठमाडौं । सुनको मूल्य साताको दोस्रो दिन आज सोमबार फेरि ५०० रुपैयाले घटेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार सोमबार सुन तोलाको  ९७ हजार ९०० मा कारोबार भएको छ । यसअघि हिजो तोलामा ४०० रुपैयाँ घटेर ९८ हजार ४०० रुपैयाँ निर्धारण गरिएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला ५०० रुपैयाँ घटेर ९७ हजार ४०० रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँ घटेर एक हजार ३२० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

एनएमबि न्यूज