८ भदौ, दाङ । दाङमा एकै परिवारका ८ जनासहित १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६९ जनाको नमूना संकलन गरी परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
प्रतिष्ठानका अनुसार शान्तिनगर गाउँपालिकाका ११ जना र घोराही उपमहानगरपालिकाका ३ जना गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जसमा शान्तिनगर गाउँपालिका- ४ का एकै परिवारका ८ जनासहित ९ जना, शान्तिनगर–३ का एक जना र शान्तिनगर–५ का १ जना रहेका छन् । त्यस्तै घोराही उपमहानगरपालिका वडा नं १४ का एक जना र १५ का दुई जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस