समाचार

कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते

chatyang

९ भदौ, कैलाली । बेलौरी नगरपालिका-१ बैशाखीमा चट्याङ लागेर एकजनाको मृत्यु र दुईजना घाइते भएका छन् ।

गएराति चट्याङ लागेर घाइते भएका २२ वर्षीय लोकेन्द्र चन्दको उपचारको क्रममा कैलालीको धनगढीस्थित निसर्ग अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता, प्रहरी नायब उपरीक्षक अमर थापाले जानकारी दिए ।

उक्त घटनामा २६ वर्षीय सुजन शाही र २० वर्षीय नरेश शाही घाइते भएका छन् । उनीहरुको पनि निःसर्ग अस्पतालमा उपचार भैरहेको थापाले बताए ।

घर नजिकैको राधाकृष्ण मन्दिरमा बसेर तीनै जनाले मोबाइल चलाउँदै गर्दा राति ८ः२५ बजे चट्याङ लागेको बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस