९ भदौ, बुटवल । रुपन्देहीमा गैडहवा गाउँपालिका– ३ का ५५ वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
उनको सोमबार राति ११ बजे बुटवलको भीम अस्पतालमा मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुमित प्रजापतिले जानकारी दिए ।
एक हप्ताअघि घरको छतबाट लडेर घाइते भएर युनिभर्सल मेडिकल कलेजमा उपचार गराइरहेका उनलई हिजो मात्रै अस्पतालले भीम अस्पताल रिफर गरेको प्रजापतिको भनाइ छ ।
योसंगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस