समाचार

कोरोनाबाट महोत्तरीमा मंगलबार थप २ जनाको मृत्यु

covid 19

९ भदौ, महोत्तरी । कोरोना भाइरसको संक्रमणबाट महोत्तरीमा थप दुई जनाको मृत्‍यु भएको छ ।

कोरोना संक्रमणबाट मनरा सिस्वा नगरपालिका–३ का ७५ वर्षीय पुरुष र बलवा नगरपालिका–३ का ७७ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी कटुवालका अनुसार केही दिनअघि मात्रै चितवनको क्यान्सर अस्पतालमा उपचार गरेर फर्किएका वृद्धलाई चितवनमै हुँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारबाट फर्किएका बृद्धमा पोजेटिभ भएको जानकारी आएपछि उनलाई आइसोलेसनमा राख्न अस्पताल ल्याएको केहीबेरमै मृत्यु भएको हो ।

यस्तै, बलबा नगरपालिकाका ७७ वर्षीय बृद्धको जनकपुरधामको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मंगलबार विहान साढे ११ बजे नै मृत्यु भएको छ । उनी सोमबार साँझ प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस