अभिनेता गोविन्दालाई कोरोना संक्रण

२२ चैत, काठमाडौं । भारतमा कोरोना संक्रमण तिव्र रुपमा फैलिरहेको छ ।

पछिल्लो समय बलिउडका कलाकारहरु पनि एकपछि अर्को गर्दै कोरोनाबाट पीडित बनिरहेका छन् । यसैबीच अभिनेता गोविन्दालाई कोरोना संक्रमण पुष्टि भएको छ। अभिनेता गोविन्दाले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।

अहिले उनी होम क्वारेन्टिनमा बसिरहेका छन् । कोरोना संक्रमणबाट बच्न सावधानी अपनाउँदा अपनाउँदै आफूलाई संक्रमण भएको गोविन्दाले बताएका छन् । उनको परिवारका सदस्य तथा स्टाफहरुलाई भने कोरोना नदेखिएको बताइएको छ ।

एनएमबि न्यूज