घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२९ चैत, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार घटेर ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ८९ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै शुक्रबार तोलामा १२८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।

एनएमबि न्यूज