१० भदौ, काठमाडौं । प्रदेश २ मा बुधबार २४६ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेशका सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार सो अवधिमा सिरहामा दुई, धनुषामा ३३, महोत्तरीमा २०, सर्लाहीमा ७०, रौंतहटमा १३, बारामा ५३ र पर्सामा ५४ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसँगै प्रदेशमा संक्रमितको सङ्ख्या नौं हजार ४२७ पुगेको छ । सोमध्ये आज एक सय २८ जना कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
प्रतिक्रिया दिनुहोस