२० वैशाख, झापा । झापाको मेचीनगर नगरपालिकाको वडा नम्बर १५ मिलकोटीस्थित वायु ग्यास कोइला फ्याक्ट्रीमा आगलागी भएको छ । सोमबार बिहान ३ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत स्थानीय गाउँलेले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
भद्रपुर नगरपालिकाका, मेचीनगर नगरपालिका, विर्तामोड नगरपालिका, दमक नगरपालिका र कमल गाउँपालिकाको दमकलले आगो निभाउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।
आगो नियन्त्रणमा आएपछि घटनाको बारेमा अनुसन्धान हुने प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस