समाचार

पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार, आइसियूबाट साधारण बेडमा सारियो

purbaraja gyanendra

२५ वैशाख, काठमाडौं । कोरोना संक्रमित पूर्वरानी कोमल राज्यलक्ष्मी शाहको स्वास्थ्यमा सुधार आएको छ।

स्वास्थ्यमा सुधार आएसँगै उनलाई आइसियूबाट साधारण बेड (स्पेसल क्याबिन) मा सारिएको उपचारमा संलग्न नर्भिक इन्टरनेसनल अस्पतालका डा. जेपी जैसवालले जानकारी दिए ।

पूर्वरानी कोमल कोरोना संक्रमण भएपछि वैशाख ७ गतेबाट नर्भिक इन्टरनेसनल अस्पताल भर्ना भएकी थिइन् । नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर अस्पतालले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस