समाचार

काठमाडौं उपत्यकामा जेठ १० गतेसम्म निषेधाज्ञा थप्ने तयारी

Lockdown

२७ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई आगामी जेठ १० गतेसम्म थप्ने तयारी गरिएको छ । निषेधाज्ञा थप्नेबारे काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बीचमा छलफल भएको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराइले भने–‘भोलि बैठक बसेर निर्णय त्यसबारे औपचारिक निर्णय गर्छौ ।’

कोभिड–१९ को दोस्रो चरणको संक्रमण बढेपछि मन्त्रिपरिषद्ले धेरै संक्रमित भएको जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निषेधाज्ञा लगाउने अधिकार दिएको छ ।

उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि वैशाख १६ गतेबाट वैशाख २९ गतेसम्म निषेधाज्ञा लागू गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस