प्रधानमन्त्रीबाहेक सबैलाई विपक्षमा मतदान गर्न प्रचण्डको आह्वान

२७ वैशाख, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक सबैलाई विश्वासको मतको विपक्षमा मतदान गर्न आह्वान गरेका छन् ।

आज प्रधानमन्त्रीले संसद्मा मागेको विश्वासको प्रस्तावको विपक्षमा बोलेका प्रचण्डले प्रधानमन्त्री कुनै पनि कोणबाट विश्वासका लागि लायक नभएको भन्दै विपक्षमा मतदानका लागि आह्वान गरे ।

“प्रधानमन्त्रीले विश्वासको मत माग्नुभएको छ, यो उहाँको इच्छाको कुरा हुन सक्दछ,” उनले भने, “तर, उहाँले विश्वास लिने काम गरेको भए यसरी विश्वास माग्नुपर्ने अवस्था नै थिएन । त्यसैले म भन्छु, प्रधानमन्त्रीबाहेक सबैले विश्वासको मतको विपक्षमा मत हाल्न सबैलाई आह्वान गर्दछु ।”

एनएमबि न्यूज