७ सांसदहरुले छाडे खनाल–नेपालको साथ

२७ वैशाख, काठमाडौं । नेकपा (एमाले)को खनाल–नेपाल समूहका सात सांसदहरुले साथ छाडेका छन् ।

आज प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको विश्वासको मतमा खनाल–नेपाल समूहका सात सांसदले मतदान गरे । मतदान गर्नेमा हिरा केसी, राजबहादुर बुढा, समिना हुसेन, गंगा चौधरी (सत्गौवा), पार्वती विशुंखे, विना बुढाथोकी, ध्रुव शाही रहेका छन् ।

मतदानमा खनाल–नेपाल समूहका २८ जना अनुपस्थित भएका थिए । उनीहरुले बिहान बैठक बसेर बैठकमा अनुपस्थित हुने निर्णय गरेका थिए ।

एनएमबि न्यूज