२८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार गठनबारे छलफल गर्न बैठक बोलाएका छन् ।
देउवाले कांग्रेसका शीर्ष नेता, नेकपा माओवादी केन्द्र, जसपालगायत दलहरूका शीर्ष नेतालाई छलफलका लागि बोलाइएको काँग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि देउवा निवास बूढानीलकण्ठमा मंगलबार दिउँसो २ बजे बैठक बस्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस