आजदेखि निषेधाज्ञा अवधिभर कालिमाटी तरकारी बजार बन्द

२८ वैशाख, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ । कोभिड–१९ को जोखिम न्यूनिकरणका लागि कालिमाटी बजार विकास समितिले खुद्रा तथा कृषक बजार बन्द गर्ने भएको हो ।

समितिले निकालेको सूचना अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोकेको निषेधाज्ञा अवधिभरि बजार बन्द गरिने भएको छ।

‘कृषक बजार मंगलबारदेखि पूर्ण रूपमा बन्द गरिने छ । खुद्रा बजार बिहीबारदेखि बन्द हुने छ । थोक बजारमा हुने सम्पूर्ण खुद्रा कारोबार भने बुधबारदेखि बन्द हुने छ,’ समितद्वारा जारी सूचनामा भनिएको छ ।’

थोक बजारमा प्याकेजिङ गरेर भने बिक्री वितरण गर्न पाइने भएको छ । थोक पसलमा अधिकतम २ जना बसी सामाजिक दुरी कायम गरेर बिक्री वितरण गर्न आग्रह गरेको छ ।

kalimati notice

एनएमबि न्यूज