३० वैशाख, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा बाटो सम्याउने क्रममा लोडर पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
भीमफेदी गाउँपालिका वडा नम्वर–३ कैलाशडाँडामा बुधबार राति लोडर पल्टिदा चालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा लोडर चालक भीमफेदी गाउँपालिका वडा नम्वर–३ चिलाउने बस्ने बर्ष २५ का राजेन्द्र तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।
अनटेस्ट लोडर पल्टिएर चालकको मृत्यु भएको विषयमा अनुसन्धान भइरहेको रिमालले बताए । बाटो सम्याउँदै गरेको लोडर अनियन्त्रित भई करिब सय मिटर तल खसेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस