ललितपुरमा पुरुषको शव फेला

३१ वैशाख, ललितपुर । ललितपुरको ललितपुर महानगरपालिका–५ स्थित तिखेदेवलमा पुरुषको शव भेटिएको छ ।

ब्याडमिन्टन कोर्ट अगाडी काभ्रेको रोशी गाउँपालिका–१ घर भएका ४५ वर्षीय चन्द्र लामाको शव भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । बिहीबार साँझ फेला परेको शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत सातदोबाटोले जानकारी दिएको छ ।

एनएमबि न्यूज