मुख्य समाचार

बालकृष्ण खाणद्वारा कोभिड १९ रोकथाम, न्यूनिकरण तथा उपचारबारे स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण

Khand Tripathi

२ जेठ, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई टेलिफोन सम्पर्क गरी कोभिड-१९ रोकथाम, न्यूनिकरण तथा उपचारको सन्दर्भमा ध्यानाकर्षण गराएका छन् ।

आइतबार टेलिफोन संवादको क्रममा नेता खाणले कोभिड–१९ विरुद्धको खोपबाट नेपाली नागरिक वञ्चित हुने अवस्था आउन नदिन यथाशीघ्र आवश्यक खोप आयातको व्यवस्था मिलाउन मन्त्री त्रिपाठीसँग आग्रह गरेको हुन् ।

खाणले जेष्ठ नागरिकहरुलाई पहिलो खोप दिए पनि हालसम्म दोस्रो डोज दिन नसकिएको भन्दै जेष्ठ नागरिकलाई यथाशक्य चाँडो दोस्रो खोप दिने व्यवस्था पनि मिलाउन आग्रह गरेका काँग्रेस संसदीय दलको कार्यालयका अधिकृत विजयेन्द्र वीर आलेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अक्सिजन अभावमा देशभर संक्रमितहरुले अकालमा ज्यान गुमाउनु परिरहेको भन्दै उनले अक्सिजन सिलिन्डर आयात गर्नेदेखि अक्सिजन उत्पादक कम्पनीहरुलाई आवश्यक पर्ने सहयोग र सहजीकरण गर्न समेत नेता खाणले मन्त्री त्रिपाठीसँग अनुरोध गरेको काँग्रेसले जनाएको छ।

nepali congress notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस