९ जेठ, काठमाडौं । फ्रिडम फोरमले कोरोना महामारीले नागरिकको जीवन अस्तव्यस्त र नियन्त्रित भएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई निर्वाचनमा धकेल्ने विवेकहीन कदम चालेको टिप्पणी गरेको छ ।
फोरमका प्रमुख कार्यकारी तारानाथ दाहालले आइतवार एक विज्ञप्ति जारी गर्दै फोरमले यस्तो अलोकतान्त्रिक कदम चाल्ने सरकारले नागरिकको अभिव्यक्तिको स्वतन्त्रता, सूचनाको हकमा पनि अंकुश लगाउने खतरा बढेको औंल्याएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अलोकतान्त्रिक कदम चाल्ने सरकारले नागरिकको अभिव्यक्तिको स्वतन्त्रता, सूचनाको हक र स्वतन्त्र प्रेसमाथि पनि अंकुश बढाउने खतरातर्फ बेलैमा सचेत र जागरुक रहन हामी सबैमा आग्रह गर्दछौं ।’
फोरमले त्यस्तो कुनै कदम नचाल्न पनि सरकारलाई सचेत गराएको छ ।
प्रतिक्रिया दिनुहोस