१० जेठ, काठमाडौं । नेपाली उपन्यास, निबन्ध र कविता लेखनमा उल्लेखनीय योगदान पुर्याउने वरिष्ठ साहित्यकार डा. वानिरा गिरीको आइतबार राति १० बजे ७५ वर्षको उमेरमा निधन भएको छ ।
विगत लामो समयदेखि मधुमेह र अल्जाइमरबाट पीडित डा. गिरीलाई उपचारका लागि बानेश्वरस्थित सिभिल अस्पताल पुर्याइएको आधा घण्टामा वानिरा फाउण्डेसनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए छन् ।
डा.वानिरा गिरीको जन्म २००२ साल चैत २९ गते दार्जिलिङको खर्साङमा भएको थियो । तत्कालीन राजा महेन्द्रद्वारा प्रदान गरिएको छात्रवृत्तिमा २०२२ सालमा एमए पढ्न उनी काठमाडौं आएकी थिइन् । २०२५ सालदेखि पद्मकन्या कलेजमा प्राध्यापन पेसामा आवद्ध वानिरा गिरी नेपाली भाषासाहित्यमा पीएचडी गर्ने प्रथम महिला थिइन् । उनले २०४२ सालमा पीएचडी गरेकी थिइन् ।
डा. गिरीका कविता, निबन्ध र उपन्यास गरेर १४ वटा कृति प्रकाशित छन् । उनका कृति विश्वका विभिन्न भाषामा अनुवाद भएका छन् । उनी विभिन्न पदक तथा पुरस्कारबाट सम्मानित थिइन् ।