समाचार

बिरामी बोकेर हिँडेको एम्बुलेन्स दुर्घटना : एकको मृत्यु चार घाइते

abulance durghatna

१६ भदौ, चितवन । काठमाडौंबाट बिरामी लिएर सर्लाहीतर्फ जाँदै गरेको एम्बुलेन्स पृथ्वी राजमार्गअन्तर्गत चितवनको ईच्छाकामना गाउँपालिका–३ पानीधारा भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

दुर्घटनामा सर्लाही बरहथवा नगरपालिका–२ की १५ वर्षीया बाधे राना मगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक (इन्सपेक्टर) दयाकृष्ण भट्टले जानकारी दिए ।

ना ५ च १०३३ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना हुँदा सडकबाट ५० मिटर तल त्रिशुली नदीको किनारामा खसेको इन्सपेक्टर भट्टले बताए । त्यस्तै एम्बुलेन्स दुर्घटनामा अन्य चारजना घाइते भएका छन् । विरामीसहितको एम्बुलेन्स दुर्घटना हुँदा घाइते भएका ४ जनालाई उपचारको लागि भरतपुर पठाइएको छ ।

घाइते हुनेहरुमा एम्बुलेन्स चालक २८ वर्षीय सरोज दाहाल, क्यान्सर बिरामी बरहथवा नगरपालिका–२ सर्लाहीका ५० वर्षीया दिल मायाँ राना मगर, ३४ वर्षीय नरबहादुर मगर र २६ वर्षीय मेक कुमारी राना मगर छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस