गण्डकीमा १४ दिनका नाबालकसहित थप ३९ मा कोरोना पुष्टि, संक्रमितको संख्या २२ सय नाघ्यो

१६ भदौ, काठमाडौं । गण्डकी प्रदेशमा १४ दिनका नाबालकसहित थप ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

लमजुङको बेसीशहरमा २६ नवलपुरको बिनयत्रिवेणी र देबचुलीमा १० जना, कास्कीको पोखरामा दुईजना र बागलुङमा एकजना गरी थप ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, जमजुङका एकजना १४ दिनका नाबालक, एकजना जिल्ला अस्पतालका कर्मचारी रहेका छन् भने अन्य बैंकका कर्मचारी, प्रहरी र पत्रकारलगायत रहेका छन् । उनीहरु सबैकै पहिचान कन्ट्याक्ट ट्रेसिङबाट भएको हो ।

संक्रमण पुष्टि भएका एकजना नेपाल पर्यटन बोर्ड, पोखराका पदाधिकारी हुन् । उनको चरक मेमोरियल अस्पतालमा उपचार भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२०५ पुगेको छ ।

एनएमबि न्यूज