१४ जेठ, सुर्खेत । सुर्खेतमा थप १० दिन निषेधाज्ञा लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार जारी निषेधाज्ञा आदेश जेठ २५ गतेसम्म थप गरिएको हो । योसँगै वैशाख १४ गतेदेखि शुरु भएको निषेधाज्ञाको समयावधि ठिक १ महिना पुगेको छ ।
कोरोनाका संक्रमित नघट्दासम्म निषेधाज्ञा थप गरिने सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।
‘कोभिड संक्रमित नघट्दासम्म निषेध आदेश थप्नु पर्ने हुन्छ’ रिजालले भने, ‘अब जेठ २५ गतेसम्म निषेध आदेश थप्ने निर्णय भएको छ ।’ सुर्खेतमा झण्डै तीन हजार सक्रिय संक्रमित छन् । बैशाख १४ गतेदेखि जारी भएको निषेधाज्ञा आज (शुक्रबार) एक महिना पुगेको छ ।
प्रतिक्रिया दिनुहोस