Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

असार १ गतेबाट वैकल्पिक विधि प्रयोग गरी विद्यालयस्तरीय कक्षा सञ्चालन हुने

२४ जेठ, काठमाडौं । सरकारले आगामी असार १ गतेबाट बिद्यालयस्तरीय कक्षा संचालन गर्ने भएको छ ।

आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मनि्त्र कृष्ण गोपाल श्रेष्ठले मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु सँग छलफल गर्दै वैकल्पिक विधि प्रयोग गरेर शैक्षिक सत्र कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

शैक्षिक सत्र संचालन र ब्यबस्थापन गर्न स्थानीय तहलाई सम्पूर्ण अधिकार रहेकोले वैकल्पिक सिकाइ कार्यबिधि कार्यान्वयन गरी कक्षा सञ्चालन गर्न सकिने मन्त्रालयले बताएको छ । यसै सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता तथा सहसचिव दिपक शर्मासँग आगामी शैकि्षक सत्र कसरि संचालन हुन्छ कस्तो व्यवस्था गरिएको छ भनेर हामीले सोधेका छौं ।

कुराकानीमा प्रवक्ता शर्माले बिद्यार्थीको सिकाईलाई रोक्न नहुने भएकोले भौतिक रुपमा पठन पाठन गर्न सम्भव नभए पनि बैकलि्पक माध्यमबाट सिकाईलाई निरन्तरता दिन शैकि्षक सत्र सुरु गर्न लागेको बताए । बिद्यार्थी जो जहाँ छन् त्यहाँ बसेर आफ्नो सिकाइलाई निरन्तरता दिनसकुन भन्ने मन्त्रालयको निष्कर्ष रहेको ।

बिद्यार्थीको परिक्षा मुल्यांकन गर्ने विभिन्न बिधि प्रकि्रया अपनाउन स्थानीय सरकार र बिद्यालय स्वयमले निर्णय गर्न सक्ने पनि प्रवक्ता शर्माले बताए । पाठ्यपुस्तक अघिल्लो वर्षको जस्तै विद्यार्थीको घरघरमा उपलब्ध गराउने गरि ब्यबस्था मिलाउने प्रवक्ता शर्माले बताए ।

नोट यो समाचार प्रवक्ता शर्मा सँग गरिएको कुराकानीको आधारमा तयार गरिएको हो । आबश्यकता र अनुकुलतामा प्रयोग गर्न सकिन्छ ।

एनएमबि न्यूज