२४ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमित भन्दा निको हुने दर धेरै रहेको छ ।
पछिल्लो समय कोरोना संक्रमित भन्दा निको हुने दर धेरै हुँदै आएको सन्दर्भमा सोमबार पनि सोही तथ्यांक आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६९५१ जना संक्रमण मुक्त भएका छन् भने ४४७२ जना नयाँ संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट ५ हजार ९०१ जनाको परीक्षण गर्दा ११०२ जनामा संक्रमण पुष्टि भएको छ भने पीसीआर विधिबाट १२ हजार २ जनाको परीक्षण गर्दा ३ हजार ३७० जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ९२ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ७ हजार ९९० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस