एक सय रुपैयाँले बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

२६ जेठ, काठमाडौं । बुधबार नेपाली बजारमा सुन प्रतितोला एक सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक सय रुपैयाँले बढेर ९४ हजार २०० रुपैयाँ कायम भएको हो । त्यस्तै तेजाबी सुन आज प्रतितोला एकसय रुपैयाँले नै बढेर प्रतितोला ९३ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यता चाँदी भने मंगलबारको तुलनामा प्रतितोला ५ रुपैयाँले घट्दै एक हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

एनएमबि न्यूज