Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

उद्योगमा विष्फोट हुँदा एक मजदूरको मृत्यु

३० जेठ, बाँके । बाँकेको पार्वतीपुर औद्योगिक करिडोरमा रहेको एक प्लाइउड उद्योगमा  विष्फोट हुँदा एक मजदूरको मृत्यु भएको छ । कोहलपुर नगरपालिका-१४ स्थित पार्वतीपुरमा रहेको गणपति डोर एण्ड प्लाई बोर्ड इन्डस्ट्रिज प्रालिमा रहेको स्टिम बोइलर मेसिन अचानक विष्फोट हुँदा बारबर्दिया नगरपालिका वडा नं. ९ बर्दिया निवासी खुशीराम थारुको मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार आज बिहान करीब ५ बजे घटना विष्फोट भएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रनाउ खनालले बताए ।

कोरोनाबाट थप पाँचको मृत्यु 

बाँकेका अस्पतालमा भर्ना भएका बाँके, बर्दिया, दाङ, सल्यान र बैतडीका गरी थप पाँच सङ्क्रमितको उपचारको क्रममा गएराति मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बैतडी पडचौडी नगरपालिका-८ निवासी ५५ वर्षीय पुरुष, बर्दिया राजापुर नगरपालिका-१ निवासी ४९ वर्षीया महिला, सल्यान कालिमाटी गाउँपालिका-२ निवासी ४६ वर्षीय पुरुष र दाङ लमही नगरपालिका-१ निवासी ३२ वर्षीया महिलाको मृत्यु भएको छ ।

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बाँके बैजनाथ गाउँपालिका-५ का ६७ वर्षीय पुरुषको पनि गएराति मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोनाबाट ३०७ र अन्य जिल्लाबाट यहाँ उपचार गराउन आउँदा ३३७ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।