खेलकुद समाचार

लाइन जजको घााँटीमा बलले हानेका नोभाक जोकोविच युएस ओपन टेनिसबाट अयोग्य घोषित

novak djokovic

२२ भदौ, काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचलाई आइतबार भएको यूएस ओपन प्रि-क्वाटर फाइनल प्रतिस्पर्धामा अयोग्य घोषित गरिएको छ । लाइन जजमाथि टेनिस बल हानेका कारण उनी प्रतियोगिताबाट बाहिरिएका हुन् ।

गएराति स्पेनका पाब्लो कक्यारोनो बुस्टासँग पहिलो सेट खेलिरहँदा विचलित भएका जोकोभिचले आवेगमा आएर बललाई बेस्सरी पछाडितर्फ हानेका थिए । अकस्मात बलले लाइन जजलाई घाँटीमा लाग्यो । त्यसपछि लामो छलफलपछि उनलाई खेलबाट अयोग्य घोषित गरियो । उनले जित्ने रकम पनि नपाउने र उल्टै कारबाही भोग्नुपर्ने भएको छ ।

सर्बियाका जोकोभिच युएस ओपन जित्नसक्ने सम्भावित खेलाडीमा गनिएका थिए । उनी अयोग्य ठहरिएपछि अन्य प्रतिष्पर्धीहरुलाई लाभ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस