मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

१७ असार, वीरगञ्ज । पथलैया सडकखण्ड अन्तर्गतको परवानीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहटका देवानी गोनाही नगरपालिका ३ निवासी रघुनाथ यादवका कान्छा छोरा २५ वर्षीय तीर्थराज यादवको मृत्यु भएको हो । मृतक यादवको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा वीरगञ्ज पठाइएको बारा प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज