भारतले नेपाललाई दियो १५० थान आईसीयू बेड

३ साउन, काठमाडौं । नेपाललाई भारत सरकारले १५० थान आईसीयू बेड सहयोग गरेको छ ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई उक्त बेड हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा भारतको सहयोगका लागि धन्यवाद दिँदै मन्त्री कार्कीले ती बेड अस्पतालहरुको आवश्यकता हेरी तुरून्त वितरण सुरु गरिने बताए ।

एनएमबि न्यूज