बढ्दै कोरोना संक्रमण : पछिल्लो २४ घण्टामा थपिए ३१०६ जनामा कोरोना संक्रमित

१६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३१ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १०६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९ हजार २६३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार २८० जना र ४ हजार २५६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ७ लाख ५६ हजार ७३९ जना पुगेको छ । यस्तै बितेको २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८५७ पुगेको छ ।

एनएमबि न्यूज