चीनबाट आइपुग्यो थप आठ लाख डोज भेरोसेल खोप

३ भदौ, काठमाडौं । सरकारले चीन सरकारसँग खरिद गरेको थप ६० लाखमध्ये आठ लाख डोज कोभिड–१९ विरुद्धको खोप नेपाल आइपुगेको छ ।

गए राति १२ बजे आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुगको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

थप आठ लाख डोज खोप आज र बाँकी ४४ लाख डोज यही अगस्टको अन्तिम साता आइपुग्ने विभागले जनाएको छ ।

एनएमबि न्यूज