समाचार

काठमाडौंमा ३७७ सहित उपत्यकामा थपिए ४३१ कोरोना संक्रमित

Kathmandu

२७ भदौ, काठमाडौं । छिल्लो २४ घण्टामा उपत्यकामा थप ४३१  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ४३१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ३७७, भक्तपुरका १७  र ललितपुरका ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १२ पुगेको छ । संक्रमितमध्ये ३७ हजार ५२४ जना निको भएर घर फर्किएका छन् भने अहिलेसम्म कोरोनाबाट ३३६ जनाको मृत्यु भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस