२७ भदौ, काठमाडौं । इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा आर्सनलले विजयी सुरुवात गरेको छ । सन् २०२०–२१ सिजनको पहिलो खेलमा आर्सनल ३–० गोलले विजयी बनेको हो ।
आर्सनलको तीनै गोलका लागि यसै सिजन चेल्सीबाट आएका ब्राजिलियन खेलाडी विलियनको भूमिका रह्यो । खेलको ८औं मिनेटमा अलेक्जान्डर लाकाजेटले आर्सनललाई अग्रता दिलाए । पहिलो हाफमा त्यसलाई जोगाएको आर्सनलले दोस्रो हाफमा दुई गोल थप्यो ।
प्रतिक्रिया दिनुहोस