कालिज फार्ममा चितुवा पसेपछि…

१५ भदौ, डोटी । डोटीको केआइसिंह गाउँपालिका-६ भूमिराजमाण्डौंस्थित ‘कालिज बहुउद्देश्यीय फार्म’मा चितुवा पसेर कालिज मारिदिएको छ । सोही वडाका कर्ण बोहराले व्यवसायिक रूपमा कालिजपालन गरेका थिए ।

सोमबार राति पसेको चितुवाले १५० कालिज मारेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले जानकारी दिए । जंगलबाट राति फार्ममा पसेको उक्त चितुवाले कालिज मार्न थालेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए ।

फार्मभित्र पसेको चितुवालाई स्थानीयबासी तथा प्रहरीको सहयोगमा बिहान धपाइएको थियो । बिक्रीका लागि तयारी अवस्थामा रहेका कालिज चितुवाले मारेपछि करिब पाँच लाख २५ हजार रूपैयाँ नोक्सानी भएको सञ्चालक कर्ण बोहराले जानकारी दिए ।

प्रतिकालिजको मूल्य तीन हजार ५०० रूपैयाँदेखि पाँच हजार रूपैयाँसम्म रहेको जनाइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले पनि आर्थिक सहयोग गर्न थालेपछि यहाँका युवा कालिजपालनमा आकर्षित भएका हुँदै गएका छन् ।

बोगटान फुड्सिलका देवबहादुर बोहराले पहिलो पटक कालिजपालन सुरूआत गरेका थिए ।

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।