पाँच महिनापछि उपत्यकामा हट्यो निषेधाज्ञा

१६ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा करिब पाँच महिनापछि निषेधाज्ञा हटाइएको छ ।  आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । भिडभाड नगर्न अनुरोध गरी आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारीले जनाएका छन् ।

‘‘पछिल्लो समय काठमाडौं उपत्यकाको संक्रमणदर हेरेर सबैजसो क्षेत्र खुलाउने निर्णय गरेका हौँ । विद्यालय सञ्चालनको हकमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न पाउँनेछन,” जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए ।

ktm notice

एनएमबि न्यूज