‘कमेडी च्याम्पियन’ सिजन २ को ग्रान्ड फिनाले आज !

२ असोज, काठमाडौं । लोकप्रिय रियालिटी सो ‘कमेडी च्याम्पियन’ दोस्रो सिजनको आज फाइनल हुँदैछ ।

आज राति ९ बजे उक्त रियालिटी सो कान्तिपुर टेलिभिजनमा लाइभ प्रसारण हुँदैछ । प्रतिस्पर्धी भरतमणि पौडेल, विक्की अग्रवाल र सन्तोष थापामध्ये एकले आज उपाधि पाउनेछन् ।

पहिलो विजेताले २५ लाख रूपैयाँ र कार पाउने छन् भने दोस्रोले मोटरसाइकल र तेस्रोले स्कुटर पाउने छन् ।

एनएमबि न्यूज