समाचार

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या ३४५ पुग्‍यो

covid 19 dead body

२८ भदौ, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३४५ पुगेको छ ।

यस्तै, आइतबार नेपालमा थप १०३९  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६३ हजार ५१ पुगेको छ । संक्रमितमध्ये ३८ हजार ६९७ जना निको भएर घर फर्किएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस