२९ भदौ, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको धनपालथान ६ का ४० वर्षीय पुरूष रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताएका छन् ।
सापकोटाका अनुसार भदौं २६ गते पीसीआर पोजेटिभ देखिएका ती पुरुषको साेहि दिनदेखि ‘कोभिड’ अस्पतालमा उपचार भइरहेको थियो । उनमा पहिलेदेखि दीर्घ रोग भने नरहेको प्रवक्ता सापकोटोले बताए ।
मृतकको शव व्यवस्थापनको तयारी भइरहेका छ । यसअघि आइतबार दिउँसो पनि विराटनगरका ७० वर्षीय कोरोना संक्रमितको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस