‘द भ्वाइस किड्स’ आजबाट प्रशारण हुँदै

२६ कात्तिक, काठमाडौं । रियालिटी शो ‘द भ्वाइस किड्स’ आजबाट प्रशारण हुने भएको छ ।

शो मा ६ देखि १४ वर्षका बच्चाहरुले सहभागिता जनाउन पाउने छन् । हिमालय टीभीमा शुक्रबार र शनिबार बेलुकी ८ बजेपछि शो प्रशारण हुनेछ । शोको ‘ब्लाइन्ड अडिसनको सुटिङ सकिएको छ । कोचको रुपमा प्रमोद खरेल, राजु लामा, मिलन अमात्य र प्रविशा अधिकारी छन् ।

शो को निर्देशन लक्ष्मण पौडेलले गरेका छन् ।

एनएमबि न्यूज