३० भदौ, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३७१ पुगेको छ । यस्तै, मंगलबार नेपालमा थप १४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ । संक्रमितमध्ये ४० हजार ६३८ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस