देश

जडिबुटीम एक बसले अन्य ३ सवारी साधनलाई ठक्कर दिदा, १ जनाको मृत्यु

Accident

एनएमबि न्युज डेक्स, काठमाण्डौ ।
भाद्र–१७ आइतबार ।

काठमाडौँको जडीबुटी नजिकै छाप्रोमा दुर्घटना भएको छ । जडीबुटीबाट पेप्सीकोला तर्फ जाँदै गरेको बसले ३ वटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले रातोपाटीलाई बताए ।

मृत्यु हुनेमा सर्लाही घर भएका २८ वर्षीय राज भट्टराई छन् । भट्टराई बागमती प्रदेश–०२–०४१ क ४८३८ नम्बरको मोटरसाइकल चालक हुन् ।

बिहान साढे ५ बजे भएको दुर्घटनामा परेर ६ जना घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर छ ।

बा ३ ख ४८४८ नम्बरको यात्रुबाहक बसले बा।६ च ५३४२ नम्बरको पिकअप, मोटरसाइकल र बागमती प्रदेश–०२–०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस