एनएमबि न्युज डेक्स, भक्तपुर ।
आश्विन १२ शुक्रबार ।
भक्तपुरमा छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माण गर्नका लागी वालयोगेश्वर श्री विजयमूर्ति महाराज जी ले नगद रु ५० लाख सहयोग गर्ने घोषणा गरेका छन । विहिबार उक्त आश्रमलाई जग्गा खरिद गरि भवन निर्माणको लागी सहयोगार्थ आयोजित महायज्ञको उद्घाटन शत्रलाई सम्बोधन गर्दै विजयमूर्ति महाराजले उक्त कुराको घोषणा गरेका हुन ।
आफुलाई प्रशिद्ध कथावाचकको रुपमा परिचय स्थापित गरेका विजयमूर्ति महाराजले विभिन्न महायज्ञमा कथा वाचनबाट नै संकलन गरिएको रकमबाट उक्त ५० लाख रकम सहयोग गर्न लागेको पनि स्पष्ट पारेका छन ।
उनै विजयमूर्ति महाराजको संकल्पमा हाल जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा भक्तपुर,चाँगुनारायण,ताथली धार्मिक तथा साँस्कृतिक महामहोत्सव एंव ऐतिहासिक श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञ २०८० सञ्चालन भैरहेको छ ।
ताथलीमा सञ्चालन रहेको छोरीको घर जेष्ठ नागरिक आश्रमको लागी जग्गाको प्रकृया अगाडी बडिसकेको पनि उनले बताएका छन ।