मुख्य समाचार

माटो खन्ने क्रममा ढिस्कोले पुर्दा एक जनाको मृत्यु

matoko dhisko

एनएमबि न्युज डेक्स, काठमाण्डौ ।
कार्तिक १३ सोमबार ।

मोरङको बेलबारीमा माटोको ढिस्कोले पुरिएर आइतबार साँझ एक जनाको मृत्यु भएको छ । ढिस्कोले पुरिएर बेलबारी नगरपालिका–१० सुनीता राजवंशीको मृत्यु भएको हो । प्रहरीका अनुसार बेलबारी–८ स्थित भलुवाईमा बाँसको झ्याङमुनि माटो खन्ने क्रममा अचानक ढिस्को खसेर उनलाई पुरेको थियो ।

ढिस्कोले पुरेपछि सँगै माटो खन्न गएकी स्थानीय गीता राजवंशीले उनको उद्धार गरेकी थिइन् । गम्भीर घाइते अवस्थामा उपचारका लागि उनलाई विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको थियो। उनलाई साँझ ५ बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस