देश

विद्यालय गएका रोल्पाका एक बालक तीन दिनदेखि सम्पर्कविहीन

balak 1698730854

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
कार्तिक–१४,मंगलबार ।

तुलसीपुरमा विद्यालय गएका एक बालक तीन दिनदेखि सम्पर्कविहीन छन्। रोल्पाको त्रिवेणी गाउँपालिका बुढागाउँ घर भइ हाल दाङको तुलसीपुर उपमहानगरपालिका – २ खैरीपुरस्थित मामाको घरमा बस्दै आएका १४ बर्षीय प्रदीप केसी तीन दिनदेखि हराएका हुन्।

स्थानीय जनप्रेमी सेकेन्डरी बोर्डिङ स्कूल बालापुरमा कक्षा ८ मा अध्यनरत केसी कात्तिक १२ गते साढे ९ बजेतिर मामा घरबाट विद्यालय जान भनेर हिडेको र हालसम्म सम्पर्कबिहीन रहेको उनका मामा शोभाराम डाँगीले बताएका छन् ।

कात्तिक १३ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा मामा शोभारामले भान्जा प्रदीपको खोजी कार्यमा सहयोग गरि दिन आग्रहका साथ प्रहरीमा लिखित निवेदनसहित आग्रह गरेका छन्।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस