एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
कार्तिक–१७ शुक्रबार ।
गुल्मीमा १५ वर्षीया किशोरी मृत फेला परेकी छन्। शुक्रबार बिहान करिब साढे ७ बजे चन्द्रकोट गाउँपालिका ४ स्थित हुग्दी खोलाबीचमा १५ वर्षीया किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी नवीन किशोर प्रधानले जानकारी दिए।
कक्षा ९ मा पढ्ने मनिषा रूचालको शव फेला परेको हो। कार्यालय प्रमुख एसपी प्रधान घटनास्थलमा पुगेका छन्। अहिले मुचुल्का उठाउने काम भइरहेको उनले बताए। उनका अनुसार बिहीबार दिउँसो मृतकका परिवार खेतमा धान काट्न गएका थिए। उनी सुर्ती किन्न भनेर निस्किएकी थिइन्। तर सुर्ती किनेर उनी अबेरसम्म पनि फर्किइनन्। प्रहरीलाई भने बिहानमात्रै जानकारी दिइएको उनले बताए।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। शंकास्पद छरछैन भन्नेबारे अनुसन्धानपछि थाहा पाइने एसपी प्रधानले बताए।
प्रतिक्रिया दिनुहोस