लुम्बिनी प्रदेश

एकाबिहानै प्रधानमन्त्री प्रचण्ड रोल्पामा

Prachanda wwvTtK158U

एनएमबि न्युज डेक्स ,काठमाडौँ
कार्तिक २४ शुक्रबार ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड आज रोल्पा पुगेका छन्। रोल्पामा आयोजना गरिएको कार्यक्रममा सहभागी हुनको लागि उनी आज बिहान काठमाडौंबाट रोल्पा हेलिकप्टरमा पुगेका हुन्।

प्रधानमन्त्री प्रचण्ड थबाङका स्थानीय बासीसँग भेटघाट गरी गुनासो तथा सुझाव लिने, थवाङ खोलामा निर्मित पक्की पुलको उद्‌घाटन गर्ने लगायतका कार्यक्रममा सहभागी हुनेछन्।

प्रधानमन्त्री प्रचण्डले आजै निर्माण सम्पन्न भइसकेको ५० शैयाको रोल्पा अस्पताल भवन उद्‌घाटन गर्ने कार्यक्रमसमेत रहेको छ । दाहालले आजै नेकपा माओवादी केन्द्र रोल्पा जिल्ला समन्वय समिति रोल्पाले खुल्ला मञ्च टुँडिखेलमा आयोजना गरेको जनसभामा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस