देश

किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ

pakrau arrest

एनएमबि न्युज डेक्स,काठमाडौँ
मंसिर ६ बुधबार ।

१७ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ गरेका छन् ।

डोटीको बडीकेदार गाउँपालिका–२ का २६ वर्षीय प्रेम धामी, १८ वर्षीय गोपाल साउँद र १९ वर्षीय करन साउँदलाई सामुहिक बलात्कारको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

मंसिर १ गते साँझ करीव ६ः३० बजेको समयमा किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम बिष्टले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको बिष्टले वताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस