एनएमबि न्युज डेक्स,काठमाडौँ
मंसिर ७ बिहिवार ।
सिराहाको हुलाकी राजमार्गमा दुईवटा मोटरसाइकल ठोक्किँदा तीनजनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्। सिराहाको अर्नामा गाउँपालिका–५ का १९ वर्षीय मुकेशकुमार सिंह, २७ वर्षीय दिनेशकुमार यादव र ३२ वर्षीय रामवृक्ष यादवको मृत्यु भएको छ।
बुधबार साँझ सवा ७ बजेतिर सिराहा नगरपालिका–१९ सन्हैठा नयाँचोकमा पूर्वबाट पश्चिम आउँदै गरेको स २ प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल ठोक्किएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेले बताए।
उनका अनुसार उपचारका लागि प्रादेशिक अस्पताल सिराहा पुर्याउँदा तीनै जनालाई चिकित्सकले मृत्यु घोषणा गरेका थिए।
प्रतिक्रिया दिनुहोस