जीवनशैली

ग्याँस सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु

aago lagi

एनएमबि न्युज डेक्स,काठमाडौँ
मंसिर १९ मंगलबार ।

सिन्धुपाल्चोकमा आगो ताप्ने क्रममा ग्याँस सिलिण्डर विस्फोट भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
काठले बारेको जस्तापाताको छानो भएको एकतले घरमा आगलागी हुँदा बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपालीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले घरभित्र आगो बाली ताप्ने क्रममा आगलागी भई एलपी ग्यास सिलिण्डर पड्किँदा उनको मृत्यु भएको बताए। आगलागीबाट लोकबहादुरको पुरै शरीर जलेर घटनास्थलमै नेपालीको हिजो बेलुकी मृत्यु भएको उनले बताए। लोकबाहदुरको परिवारका अन्य सदस्यलाई भने प्रहरीले तत्काल उद्धार गरेको थियो।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस